कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नयाँ स्टक ब्रोकर एसोसिएसनले एमाले अध्यक्ष ओलीलाई ज्ञापन–पत्र बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नयाँ स्टक ब्रोकरहरूको एसोसिएसनले नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटी ज्ञापन–पत्र बुझाएको छ ।

गत जेठ २९ गते संसद्को अर्थसमितिको निर्देशनपछि कारोबार गर्ने तयारीमा रहेका नयाँ ब्रोकर कम्पनीहरूको बाँकी काम अवरुद्ध हुँदै आएको सन्दर्भमा सो ज्ञापनपत्र बुझाइएको हो ।

एसोसिएसनका अध्यक्ष एवम् हिमालयन ब्रोकेजका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको समूहले उक्त ज्ञापन–पत्र बुझाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया