कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

साङ्गे विद्युत कम्पनीले आजदेखि हकप्रद शेयर विक्री गर्दै

प्रतिकित्ता ५० रुपैयाँका दरले १ बराबर ८ को अनुपातमा २३ लाख ६८ हजार १२२ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साङ्गे विद्युत कम्पनीले आज असार १९ देखि हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको जेठ २८ गतेको सञ्चालक समितिको निर्णय बमोजिम प्रतिकित्ता ५० रुपैयाँका दरले १ बराबर ८ को अनुपातमा २३ लाख ६८ हजार १२२ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने जनाएको छ ।

शेयरधनीहरूले साउन २२ गतेभित्र प्रतिशेयर ५० रुपैयाँका दरले हुन आउने रकम जम्मा गरी सोको बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न कम्पनीले भनेको छ । हकप्रद बापतको रकम प्राइम कमर्सियल बैंक लिमिटेडको न्यूप्लाजा, काठमाडौंमा जम्मा गर्नुपर्नेछ ।

हाल कम्पनीको प्रतिकित्ता शेयरको दर ५० रुपैयाँ कायम भइसकेकाले आफ्नो शेयर संख्यालाई २ गुणा गरी हकप्रद भर्न कम्पनीले आग्रह गरेको छ । शेयरधनीहरूले आफ्नो हक वा सोभन्दा बढी शेयर खरीद गर्न आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

जानकारीसमेत कम्पनीले दिएको छ । कबुल नगरिएको सम्पूर्ण हकप्रद शेयरहरू बढी शेयर खरीदका लागि आवेदन दिने शेयरधनीलाई निजको शेयर अनुपातमा विक्री गरिने भनाई कम्पनीको छ । हकप्रद शेयर प्रयोजनका लागि असार ११ देखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया