असार ३०, २०८२ सोमबार July 14, 2025

एमालेको अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित

सरकारले रकमान्तरको नाममा अनियमितता गरेको भन्दै प्रदेश सभा बैठकमा एमालेको अवराेध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेकपा (एमाले) को अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले रकमान्तरको नाममा अनियमितता गरेको भन्दै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको हो ।

मधेसका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको एमालेको आरोप छ ।

बैठकमा एमालेका मुख्य सचेतक लखन दासले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिसन लिएर रेड बुकमा योजना समावेश गरिएको आरोप लगाउँदै बैठक चल्न नदिने बताउनुभयो ।

एमाले सांसदले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक स्थगित गर्नुभएको छ । मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयको ५० करोड रुपैयाँभन्दा बढी बजेट रकमान्तर गरिएको छ । जसमध्ये सात करोड रुपैयाँभन्दा बढीका योजना मन्त्री यादवले आफ्नै निर्वाचन क्षेत्रमा पठाउनुभएको छ ।

रकमान्तरका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने एमालेले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार