असार ३०, २०८२ सोमबार July 14, 2025

एमालेको अवरोधपछी राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठकमा स्थगित भएको छ ।

आइतबार पनि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अवरोध जारी राखेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सदनको अवरोध हटाउन पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेका छन् । ‘चार दिनदेखि सदन अवरोध हुँदै आएको छ । प्रधानमन्त्रीलाई सत्तापक्ष र प्रतिपक्षसँग आपसी संवाद गर्न आह्वान गर्दछु,’  उनले भने ।

यसअघि बैठकको सुरुमा बोल्दै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म बैठकको कारबाही अघि बढाउन नदिने चेतावनी दिइन् ।

उनले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार नभएको पनि बताइन् । उनले प्रधानमन्त्रीबाट प्रचण्डको बहिर्गमन नभएसम्म सदनमा आफ्नो दलको अवरोध कायमै रहने बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार