काठमाडौं : विद्युतीय व्यापार विधेयक,२०८०’ राष्ट्रियसभामा पेश भएको छ । मंगलबार बसेको बैठकमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयक पेश गरेका थिए।
विधेयक प्रस्तुत गर्दै मन्त्री रिजालले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोवार बढ्दो क्रममा रहेकाले यसलाई नियमन, सहजीकरण तथा व्यवस्थीत गर्न कानुन आवश्यक रहेको बताए ।
विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसायको प्रवद्धर्न गर्नका लागि यसको आवश्यकता भएको उनको भनाइ छ।
यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया