काठमाडौंः आज (शनिबार) कार्यालय तथा राजस्व सङ्कलन गर्ने सबै बैङ्क खुला रहने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै सबै राजश्व सङ्कलन गर्ने बैङ्क खुल्ला रहने जनाएको हो ।
विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) बुझाउनका लागि सहज बनाउन बैङ्क खुल्ला गरेको जनाएको छ ।
विभागले असार महिनाभित्र दाखिला गर्नु पर्ने कानुनी व्यवस्था भएकोले सो अनुसार म्याद भित्रै विवरण तथा कर दाखिला गर्नु हुन अनुरोध समेत गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया