असार ३१, २०८२ मंगलबार July 15, 2025

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने

उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु बिरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन ? भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ ।

आज प्रकाशित सुचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सुचनामा जनाईएको छ ।

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदुतका लागि हालै सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिवाट अनुमोदन भएमा मात्रै उनीहरुको नियुक्ती हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया