कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेप्से परिसूचक ३६.१९ अंकले घट्याे, २ अर्ब ९१ करोडमाथिकाे काराेबार

२६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आज शेयर बजार बजार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २,१६४.३१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको हो ।

आज २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । रिभल फल्स पावरका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।

शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज बिपिडब्लु लघुवित्त, सानिमा डिभेन्चर, सिटिजन्स बैंक लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया