कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । एक राहदानीबापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षको अवधि साउन १२ गतेदेखि गणना हुनेछ । यसअघि राहदानीबापत सटही सुविधा लिएर भ्रमण गरेको अवस्थामा भने आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटका अधिकतम अमेरिकी डलर २५ सय गरी बढीमा दुई पटक सटही सुविधा लिन पाउनेछन् ।

तर, वैदेशिक रोजगारीमा जाने नेपालीको हकमा भने अधिकतम दुई सय डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया