असार २२, २०८२ आइतबार July 6, 2025

लागुऔषधसहित १० जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाै‌ः देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीकाे कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये गोदावरी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१-०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला ग्राउण्डबाट, धनगढी उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका-३ ब्यारेलबाट र गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका-१ धनगढी रोडबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरकाे कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये भिमदत्त नगरपालिका-९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट र भिमदत्त नगरपालिका-१० गड्डा बस्ने जनक बहादुर कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-१० भुजेला पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २३ वर्षीय विकास सिर्मललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग.१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय तिर्थ रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहाकाे सिरहा नगरपालिका-१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार