कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

स्वदेशी मूद्रा स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक ‘डीएबी’ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको हो ।

डीएबीले योग्य बैंक तथा मनी एक्सचेन्ज कम्पनीलाई बोलपत्रमा सहभागी भई विजेताले नगद भुक्तानी गर्न आह्वान गरेको छ ।
गत साता ८५.४ अफगानीको तुलनामा एक अमेरिकी डलरको विनिमय दर हाल ८५.५ अफगानी रहेको छ भने पछिल्लो केही हप्तादेखि अफगानी मुद्राको अवस्था अमेरिकी डलरसँग थप कमजोर बनेको छ ।

अफगानी मुद्रालाई बलियो बनाउन र अन्य मुद्राहरूको तुलनामा अवमूल्यन रोक्नका लागि, डीएबीले विगत केही महिनामा मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर पठाएकोे छ । डीएबीले यसअघि जुलाई १९ मा पनि अफगानी मुद्रालाई स्थिर बनाउन लिलामीमार्फत एक करोड ४० लाख अमेरिकी डलर बिक्री गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया