कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य घट्यो चाँदीको स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार चार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ११ हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ रहेको थियो ।

यस्तै, आज पनि चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलाको १४ सय २५ रुपैयाँमा किनबेच भईरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया