कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

हवाई मार्गभन्दा आधा सस्तोमा केरुङ नाकाबाट खाद्यान्न ढुवानी गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याइने भएको छ। जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याउन लागेको हो।

काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्नेछ। जबकि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यान्नको हवाई भाडा प्रति क्विन्टल १६ हजार रुपैयाँ लाग्ने गर्छ भने सुर्खेतबाट प्रति क्विन्टल १५ हजार पाँच सय रपैयाँ लिमिटेडले तिर्दै आएको छ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न ढुवानी हुनेछ। काठमाडौंमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र आज काठमाडौंबाट खाद्यान्न लोड भएका गाडी आउने उनले बताए।

उक्त खाद्यान्न भदौ पहिलो हप्ताभित्र हिल्सा हुँदै सिमकोट ढुवानी भएर आइपुग्नेछ। उक्त खाद्यान्नमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो।

सो मार्गबाट आउनुपर्ने खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडाँैबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्ला खाद्यान्न ढुवानी आजबाट गर्ने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया