कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आजको तरकारी तथा फलफूलकाे मुल्य, गाेलभेडाकाे भाउ घटयाे

केरा दर्जन १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ३५०, कालो अंगुर ४००

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ११०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ७५, लौका ७०, हरियो फर्सी ७०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । हिजाे गाेलभेडा १३० रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३५, गाजर ११०, मूला सेतो ७०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १५०, कागती १३०, भिण्डी रू ७०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया ३५०,खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ २००, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया