काठमाडौं: प्रतिनिधिसभाको नियमित बैठक आज बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।
साथै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया