असार २६, २०८२ बिहिबार July 10, 2025

एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगे – प्रधानमन्त्री प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो धाँजा परेको टिप्पणी गरेका छन् । बिहीबार कर्णालीको सुखेर्तमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगेको बताएका हुन् ।

‘नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ । नेताहरुको विशाल पंक्ति कार्यकर्ताको विशाल पंक्ति हैरान, परेसान भएर कहिँ न कहिँ विस्फोट हुने स्थितिमा पुगेको छ’ उनले भने ।

एमालेभित्र विस्फोट भएपछि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुने विश्वास रहेको पनि प्रचण्डले बताए । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दै गएपछि आलोचना गर्ने केही नपाएर समाजवादी मोर्चा बन्नेवित्तिकैदेखि यसको विरोध सुरु भएको प्रचण्डले बताए ।

‘गठबन्धन, मोर्चाबाट प्रतिक्रियावादीहरुलाई खपिसक्नु भएको छैन । बनेको दिनदेखि नै यसका विरुद्ध धुप हाल्न सुरु भइसकेको छ’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया