कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

गोला प्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले सेयर सेयर हात पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट भएको छ।

कम्पनीको आइपीओ गोला प्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले सेयर सेयर हात पारेका छन्।

यो आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ।

योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो। यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया