असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरकाे दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरकाे पाटनमा रहेकाे कृष्ण मन्दिरकाे दर्शन गर्नुभएकाे छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति पाैडेल आज बुधवार पाटन दरबारमा रहेकाे ऐतिहासिक कृष्ण मन्दिर जानु भई दर्शन एवम् प्रसाद ग्रहण गर्नुभयो ।

त्यस अवसरमा उहाँलाई ललितपुर क्षेत्र नम्बर १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवम् भक्तजनले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अवलोकन पनि गर्नुभयो । उहाँलाई महानगरका मेयर महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराउनुभएको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भिड लाग्ने गर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया