असार २६, २०८२ बिहिबार July 10, 2025

हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टाभित्र ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो ।

सर्वोच्चको पूर्ण इजलासले बिहीबार संविधानको धारा १६८ को ३ अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको हो । धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके पुन: अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया