कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको भाउ स्थीर

सोमबारकै मूल्यमा कारोवार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज सुनको भाउ यथावत रहेको छ । हिजो सोमबार १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । यता, चाँदी भने ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया