कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया