कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

बीमा प्राधिकरणले कार्तिकदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

बीमा अभिकर्ता परीक्षाको लागि आइआरएमआइएस सिस्टममा दर्ता प्रकृया असोज २९ गते बाट सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल बीमा प्राधिकरणले आउँदाे कार्तिक देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उतीर्ण हुनुपर्ने प्रावधान अनुसार प्राधिकरणले अभिकर्ताको परीक्षा संचालन गर्ने जनाएको हो ।

नेपाल बीमा प्राधिकरणले गत मंसिरदेखि बीमा ऐन अनुसार परीक्षा प्रणालीको शुरुवात गरेको थियो । शुरुवाती चरणमा बीमा कम्पनीहरु आफैले परीक्षा लिन पाउने व्यवस्था गरिएको थियो । आउँदाे महिनादेखि प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर बनाएर आफैले परीक्षा लिने व्यवस्था गरेको हो ।

गत मंसिर ७ गते बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो । सोही निर्देशिका अनुसार बीमा कम्पनीहरु आफैले अभिकर्ताहरुलाई परीक्षामा सहभागी गराएर लाइसेन्स दिइरहेका थिए ।

अब प्राधिकरणले नै अभिकर्ताको लागि कार्तिकबाट परीक्षा सञ्चालन गर्ने भएकाले यही असोज २५ गतेदेखि प्राधिकरणकाे बीमा सूचना प्रणाली (आइआरएमआइएस) मार्फत् अभिकर्ता दर्ता प्रकृया बन्द हुने भएकाे छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि आइआरएमआइएस सिस्टममा दर्ता प्रकृया असोज २९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया