असार २६, २०८२ बिहिबार July 10, 2025

आजको युग विज्ञान-प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको हो : राष्ट्रपति पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको भएको बताउनुभएको छ ।

बुधबार काठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पौडेलले इतिहासको महत्वपूर्ण कालखण्डमा विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा नेपालले अपेक्षित गति लिन नसक्नु नै इतिहासको महत्वपूर्ण कालखण्डमा लगानी नगर्नु रहेको बताउनुभयो ।

यसका साथै उहाँले यी क्षेत्रमा पर्याप्त लगानी नगर्दा प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न पछि परेको बताउनुभएको छ ।

‘भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन,’ उहाँले भन्नुभयो– ‘मानव मस्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यतासामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नुपर्ने छ ।’

मानवतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रर्वतन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

पौडेलले प्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रूपमा स्थापित यस केन्द्रले यी सबै पक्षमा महत्वपूर्ण यागदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले एनटिआईसीको उद्घाटनले नवीन प्रविधिको शुरुवात भएको यस ऐतिहासिक क्षणलाई प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौं विश्वविद्यालयको मातहत र व्यवस्थापनमा यो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति भएको बताउनुभयो ।

यस केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्बद्ध तीनवटै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा उत्तिकै योगदान दिनुपर्ने बताउनुभयो ।

मित्रराष्ट्र कोरिया र यसको विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका’ले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर महत्वपूर्ण योगदान गरेको छ । कोरिया आफै द्रुत गतिमा आर्थिक–सामाजिक विकासको उपल्लो उचाई हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरूमध्ये एक भएको. औँल्याउनुभयो ।

आफ्नो संस्कृतिलाई अक्षुण राखेर आधुनिक विकासमा फड्को मार्ने त्यहाँको अनुभवबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । यस केन्द्रको निर्माण र यसलाई अत्याधुनिक उपकरणहरूसमेतले सुसज्जित बनाउन मित्रराष्ट्र कोरियाले प्रदान गरेको सहयोगका लागि राष्ट्रपति पौडेलले आभार प्रकट गर्नुभयो ।

उहाँले भविष्यमा पनि खोज अनुसन्धानका नतिजा, अनुभव र स्रोत–साधनहरूको आदानप्रदानमार्फत यो केन्द्रको दिगो एवं फलदायी परिणाम प्राप्त गर्ने दिशामा निरन्तर सहकार्य हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार