काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो । महासंघले शनिबार एकै दिन २ हजार ९०० रुपैयाँ बढाएको थियो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम रहेको जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्य कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ ।
हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया