असार २६, २०८२ बिहिबार July 10, 2025

आर्थिक विकासलाई गति दिनका निम्ति सरकारले नयाँ पहल गरिरहेको छ : प्रधानमन्त्री दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई गति दिनका निम्ति सरकारले नयाँ पहल गरिरहेको बताउनु भएको छ । उहाँले सरकार सुशासन, सामाजिक न्याय , विकास र समृद्धिलाई प्राथमिकता दिएर अघि बढिरहेको बताउनु भयो ।

आज कैलालीको लम्कीमा आयोजित नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष स्वर्गीय कृष्ण बडुवाल ‘महेश’ को श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सधैँभरि देश, जनता र समाजप्रति समर्पित स्वर्गीय महेश बडुवाल हामी सवैका लागि प्रेरणा बन्नु भएको छ, भन्नुभयो । उहाँले सामाजिक रुपान्तरणका लागि पुर्याएको योगदान सदा स्मरण रहने छ भन्नु हुँदै प्रधानमन्त्री प्रचण्डले स्वर्गीय बडुवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी भविष्य सुनिश्चित गरिएको छ भन्नुहुँदै सरकारले मुलुक भित्र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले अर्थतन्त्रको सुधारका लागि सरकार क्रियाशील रहेको बताउनु भयो ।अर्थतन्त्रको मेजर अप्रेसनका लागि सरकारले चाडै उच्च स्तरीय समिति बनाएर काम अघि बढाउने उहाँले बताउनु भयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायत सहभागी रहनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार