कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ५ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया