असार ३०, २०८२ सोमबार July 14, 2025

अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गरौं : सभामुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसदमा अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्ने तयारी भएको छ ।

संसदको चालू अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्नुपर्ने बताएका छन् ।

‘संसदीय क्यालेण्डर लागू गर्नेपर्ने महसुस भएको छ । यसपटक सुरुवात गर्न सकिएन । अर्को अधिवेशनदेखि सुरुवात गरौं । अभ्यासमा गएपछि त्यसका सफ्ठेरा र अफ्ठेराहरु थाहा हुन्छन् र सुधार गर्दै जान सकिन्छ’ सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठकमा भनेका छन् ।

राजनीतिक दलहरुका बीचमा हुने बेमेलले संसदीय क्यालेण्डर लागूमा हुन सक्ने अवरोध र त्यसलाई चिर्न अपनाउन सकिने उपायका विषयमा पनिसभामुख घिमिरेले अध्ययन गर्न संसद सचिवालयका कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका रमेश लेखकले सभामुख घिमिरेको प्रस्तावको स्वागत गरे । ‘संसदीय क्यालेण्डरले हामी सबैलाई एउटा विधिमा बाँध्छ । यो आवश्यक छ’ उनले बैठकमा भने ।संसद सचिवालयका अधिकारीहरु कार्य व्यवस्था परामर्श समितिको निष्कर्षका आधारमा तयारी गर्ने बताउँछन् ।

प्रतिनिधि सभा नियमावलीमा संसदीय क्यालेन्डरको विषय छ । प्रतिनिधि सभा नियमावलीको नियम २५५ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सभाले सुव्यवस्थित ढङ्गले कार्यसम्पादन गर्ने सम्बन्धमा कार्यतालिका बनाई लागू गर्न सक्नेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार