असार २५, २०८२ बुधबार July 9, 2025

गणतन्त्रबिरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन सक्दैन: प्रधानमन्त्री

‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आफु गम्भीर’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोषको प्रभावकारिता अभिवृद्धिमा गम्भीर भएर लाग्ने बताउनुभएको छ ।

छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजवाद उन्मुख राज्यको परिकल्पनालाई साकार पार्न सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आफु गम्भीर भएर लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले हालसम्म ५ लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको भन्दै विदेशमा रहेका र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिक र रोजगारदाताहरूलाई आबद्धताका लागि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको शुरुवात गरिएको स्मरण गर्नुहुँदै सरल र सहज रुपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रुपमा स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले वर्तमान व्यवस्थालाई कमजोर पार्न चलखेल भइरहेको भन्दै इतिहास अग्रगमनतर्फ जाने भएकाले परिवर्तनका वाहक राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्ति रहेसम्म इतिहास पछाडि नफर्किने बताउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिँह भण्डारीले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मन्त्री भण्डारीले श्रम ऐनले तोकेबमोजिम सामाजिक सुरक्षा कोष कार्यक्रमलाई अगाडी बढाउन र कोषमा प्राप्त रकमको परिचालन उत्पादन र रोजगारीका क्षेत्रमा गरिने बताउनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको उपलब्धि र आगामी योजनाबारे प्रकाश पार्न पार्नुभयो ।

कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले कानूनी रुपमा मात्र नभई व्यवहारिक रुपमा श्रमिकका मुद्धाहरुको सम्बोधन हुने गरी कोषको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कोषका अनुसार हाल १८ हजार ४ सय ३९ रोजगारदाता र नौ लाख २८ हजार ४ सय ५३ योगदानकर्ता कोषमा आबद्ध छन् । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार ७ सय ९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६ सय २२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध छन् । यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ ।

कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रुपैयाँ रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार