कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको मूल्य यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य यथावत रहेको छ । बिहिबार छापावाला सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार पनि छापावाला र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया