बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद कतार प्रस्थान गर्नुभएको छ । दोहा सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनुहुने उहाँका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो ।

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नुहुने छ ।

मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

यस्तै उहाँले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाउनु भई जोशीको रिहाइका बारेमा छलफल गर्नुभएको मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गर्नुभएको उहाँका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

नेपाल र इजरायलबिचको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुभएको जोशीले बताउनुभयो ।

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि जोशी इजरायल जानुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार