असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

गजुरेलले राजीनामा दिनुको कारणबारे केही खुलाएका छैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका उनले गत बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । तर, अहिलेसम्म स्वीकृत भने नभएको बताइएको छ ।

अघिल्लो वर्षको आमनिर्वाचनमा सिन्धुलीबाट चुनावी प्रतिस्पर्धा गर्न चाहेका गजुरेल टिकट नपाएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग रष्ट भएका थिए । असन्तुष्ट रहेका उनलाई प्रचण्डले सल्लाहकार बनाएर थामथुम पारिएको थियो ।

तर, जिम्मेवारी सम्हालेको वर्ष दिन नपुग्दै पद त्याग्ने उनको निर्णयलाई पुरानै असन्तुष्टिसँग गाँसेर पनि हेरिएको छ । तथापि गजुरेलले राजीनामा दिनुको कारणबारे केही खुलाएका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया