काठमाडौंः नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैंकले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो।
बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सिइओका लागि ‘सर्ट लिस्ट’मा परेका पाँच जनाबाट पाण्डेलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया