कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेप्सेले साधारण सभा पुस २९ गते बोलायो

शेयरधनीहरूलाई सभामा उपस्थितिका लागि १० बजेदेखि हाजिरी पुस्तिका खुला गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ४२औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २९ गते विहान ११ बजे नेप्सेकै कार्यालय शान्तिमार्ग, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिशत सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप हाल कायम चुक्तापूँजी १ अर्ब रूपैयाँकोे ६४ प्रतिशत दरले हुन आउने ६४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

शेयरधनीहरूलाई सभामा उपस्थितिका लागि १० बजेदेखि हाजिरी पुस्तिका खुला गरिने जानकारी नेप्सेले दिएको छ । गत वर्ष शतप्रतिशत नगद लाभांश वितरण गरेको नेप्सेले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया