असार २९, २०८२ आइतबार July 13, 2025

बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्छ : उपसभामुख राना

स्थानीय तहको सहकार्यमा सडकआश्रित मानवको सहारामा कार्य गर्ने संस्थाका लागि भवन बन्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्नेमा जोड दिएकी छन् ।

सडक आश्रित मानवरहित नेपालको लक्ष्यसहित सुनसरीको इटहरीबाट सञ्चालित ‘माया घर, नेपाल’ को राष्ट्रिय अभियानको थालनी गर्न आज काठमाडौँमा आयोजित मानवता प्रवर्द्धन विषयक कार्यशालामा उपसभामुख रानाले सामाजिक क्षेत्रबाट बेसहारा नागरिकका लागि हुँदै आएको सहयोगको प्रशंसा गरिन् ।

उनले स्थानीय तहको सहकार्यमा सडकआश्रित मानवको सहारामा कार्य गर्ने संस्थाका लागि भवन बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले मानवता नै धर्म भएकाले विभिन्न बाध्यताले सडकमा जीवन बिताउन विवशहरूका लागि सहयोग गर्नु सरकार र हरेक नागरिकको कर्तव्य भएको बताए ।

‘माया घर नेपाल’ अध्यक्ष सुभद्रा प्याकुरेलले बेसहारा नागरिकलाई संरक्षणका साथै सीप सिकाएर उनीहरुको पुनः जीवन र परिवारमा पुनः मिलनका लागि आफूहरूले विगत सात वर्षदेखि कार्य गर्दै आएको जनाइन् । सो संस्थामा हालसम्म ६२ जिल्लाका आठ हजार बढीले सेवा लिइसकेका छन् भने हाल एक सय ४२ जना आश्रित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार