कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

कम्पनीले लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।  जसअनुसार लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ ।

सभा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ्गमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

यस कम्पनीले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया