असार २५, २०८२ बुधबार July 9, 2025

प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न पहल लिन्छु : प्रधानमन्त्री दाहाल

विद्यालय शिक्षा विधेयक संशोधनसहित पारित हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वविद्यालयलगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेसन समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने बताएका हुन् ।

‘मैले घोषणा गरिसकेको छु- अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुने छैन ।

मेरिटोक्रेसीका आधारमा उपकुलपतिलगायतका पदाधिकारीहरू नियुक्त हुनेछन् । यसले योग्यले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ,’ उनले भने, ‘विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ, विद्यार्थी, अभिभावकलगायतमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्नेछ।’

शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उनले बताए । उनले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र अहिलेका चुनौतीलाई छिचोल्न सकिने बताए । ‘पछिल्लो समय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रूपमा अभिव्यक्त भइरहेको सबैले देखेकै छौँ,’ उनले भने ।

रोजगारीका अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार