कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरसंगै युरो पनि घट्यो

अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १९ पुस । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।

बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । बिहिबार एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसामा कारोबार भएको थियो । अघिल्लोदिनको तुलनामा बिहिबार ७ पैसाले घटेको हो ।

यस्तै, युरोपियन युरो ८१ पैसाले घटेको छ । आज युरो एकको खरिदमा १४५ रूपैयाँ २२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ।

बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ६९ पैसा तोकिएका थियो ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहिबार १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ अघिल्लो दिनको तुलनामा ७१ पैसाले बढेको हो । बुधबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा कायम गरिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

त्यसैगरी, क्यानेडियन डलरको भाउ पनि घटेको छ । डलर ८४ पैसाले घटेर एक क्यानेडियन डलरको खरिदमा भने ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ८ पैसा तोकिएको छ ।
बुधबार क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

यस्तै, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६४ पैसा कायम छ। राष्ट्र बैंकले आज एक साउदि अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ७१ पैसा र बिक्रीदर २८ रूपैयाँ ८४ पैसा पाइन्छ।

बिहिबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १८ पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २६ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया