असार २६, २०८२ बिहिबार July 10, 2025

उपराष्ट्रपति यादव र चिनियाँ नेता युगाङबिच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ कम्युनिस्ट पार्टीका युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शी युगाङबिच भेटवार्ता भएको छ । शनिवार उपराष्ट्रपति यादव र युगाङबिच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति यादवका प्रेस संयोजक दिनेश यादवले बताए । उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रहि आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरे ।

उनले प्रधानमन्त्री प्रचण्डको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले दुई देश बिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताए । गत वर्षको अगस्टमा युनानको कुन्मीङमा सम्पन्न ७ औँ चीन–दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन (कुन्मीङ) आयात–निर्यात मेला लगायतका कार्यक्रममा सहभागी हुन पाएकोमा उपराष्ट्रपति यादवले खुसी समेत व्यक्त गरे ।

उनले भने, ‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरू छन् भन्ने लाग्दछ ।’ उपराष्ट्रपति यादवले द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको सहयोगका लागि चिनियाँ पक्षलाई अनुरोध पनि गरे ।

उनले पोखरा र चीनका विभिन्न शहरबिच ‘कमर्सियल फ्लाइट’ सुरु हुनेमा विश्वास समेत व्यक्त गरे । भेटमा उपसचिव शी युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताउनुभएको संयोजक यादवले बताए ।

‘नेपाल र चीनबिच प्राचीनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई भगवान् गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ’ उनले भने, ‘नेपाल र चीनबिच धेरै समानता छ । यो समानताकै कारण दुई मुलुकबिच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरू बढी हुने गरेको छ ।’

नेता युगाङले छिमेकीसँग जीवन मरणको सम्बन्ध हुनुपर्ने बताउँदै यसले सम्बन्धलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउने बताए । युगाङले भने, ‘हामीले मान्छे–मान्छेसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार