कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको भाउ ह्वात्तै घट्यो

लगातार दुईदिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, २३ पुस । साताको दोश्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ घटेको छ । लगातार दुईदिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनेबेच भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया