श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कान्ति बाल अस्पतालमा अब सिटी स्क्यान र एमआरआई सेवा

३५२ शय्या मध्ये  २४८ शय्या नि:शुल्क शय्यामा परिणत गरेर सेवा दिदैं अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कान्ति बाल अस्पतालले अब बिरामीलाई सिटी स्क्यान र एमआरआई सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६२औँ वार्षिकोत्सव अवसरमा आइतबार सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उक्त मेसिन अस्पताललाई जापान सरकारबाट सहयोग प्राप्त भएको हो ।

उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक पङ्कज राय गमा सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको सेवा आइतबार बाट नै सुरु गरिने जानकारी दिनुभयो । साथै यो आर्थिक वर्षमा आकस्मिक कक्षमा बिरामीको गम्भीरताको आधारमा बिरामीको वर्गीकरण गरेर सेवा दिन सुरु गरिएको डा.रायले जानकारी दिनुभयो ।  डा. रायकाअनुसार आकस्मिक वार्ड बाहिर बिरामीको गम्भीरयताको लक्षण सहितको डिजिटल डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ ।

त्यस्तैगरी, अस्पतालको वर्नवाडमा एचडियु र पिआइएमसियु वार्डमा आइसियु वार्ड  सञ्चालन गरिएको उहाँको भनाई छ । अस्पतालले एक वर्षमा मन्त्रालयको निर्देशनमा ३५२ शय्या मध्ये  २४८ शय्या नि:शुल्क शय्यामा परिणत गरेर सेवा दिइरहेको उहाँको भनाई छ ।

डा. रायले ले २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालमा ओपिडी र आकस्मिक कक्षमा एक लाख ९९ हजार २५६ जनाले सेवा लिएको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार अस्पतालबाट ओपिडीबाट एक लाख ४६ हजार २४९, आकस्मिक कक्षबाट ५३ हजार सात जनाले सेवा लिएका छन् । नौ हजार ५३३ जना बिरामीले अस्पतालमा भर्ना भएर सेवा लिएका थिए । एक वर्षमा १८५ जना उपचाररत बालबालिकाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, दुई हजार ८४२ जनाले सामान्य देखि जटिल प्रकारका शल्यक्रिया भएको डा.रायले जानकारी दिनुभयो । अस्पतालबाट एक वर्षमा चार करोड ३१ लाख ३३ हजार ७४९ रकम बराबरको सेवा निःशुल्क सेवा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अस्पतालका पूर्व निर्देशक डा.आरपी बीच्चाले कान्तिबाल अस्पताललाई अभिभावकत्व प्रदान गर्न स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गर्नुभयो ।

डा. बच्चाले कान्ति बाल अस्पतालको जस्तै सेवा सुविधा युक्त अस्पताल सबै प्रदेशमा स्थापना गर्नुपर्नेमा माग गर्नुभयो ।  कान्ति बाल अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न जनशक्तिको वृद्धि गर्नुपर्ने उहाँले माग थियो । वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बस्नतेले स्वास्थ्य क्षेत्रमा ठुलै सङ्ख्यामा जनशक्ति वृद्धि हुने जानकारी दिनुभयो ।

एक जना चिकित्सक नर्सले पाँच जनाको बिरामी हेर्नुपर्ने बाध्यता भएको ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने भन्दै उहाँले अब छिटै जनशक्ति वृद्धि हुने जानकारी दिनुभएको हो । उहाँकाअनुसार  चिकित्सक, नर्स र प्यारामेडिक्स गरेर नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मी आवश्यक पर्दछन् । हाल देशमा २८ हजार स्वास्थ्यकर्मी सेवारत छन् । उहाँले भन्नुभयो, “९२ हजार स्वास्थ्यकर्मी दिन सकेपनि त्यसको तीन भागको एक भाग स्वास्थ्यकर्मी दिन आग्रह गरेको छु । अब स्वास्थ्यले छिटै ठुलै सङ्ख्यामा जनशक्ति पाउँछ ।”

मन्त्री बस्नेतका अनुसार स्वास्थ्य मन्त्रालयले २०५४ साल देखि स्वास्थ्य दरबन्दी बढाएको छैन ।  ९२ आवश्यक पर्नेमा तथ्याङ्कमा ३१ हजार स्वास्थ्यकर्मी भएपनि यथार्थमा २८ हजार पनि नरहेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार