श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

भारतका विदेशमन्त्री रिसाएपछि माफी माग्दै बैठक सुचारु !

चिनियाँ टोलीको भ्रमण रद्द गर्नुपर्ने शर्त राख्दै त्यसो नभएमा कुनैपनि बैठकमा नबस्ने चेतावनी जयशङ्करले दिएपछि........

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल-भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाली संस्थापन पक्षसँग निकै क्रुद्ध भए । उनले चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तत्काल बदर गरेमात्र आफूले बैठकहरूमा सहभागिता जनाउने जानकारी सम्बद्ध पक्षलाई दिएका थिए । जयशङ्करको त्यस्तो शर्त सुनेपछि प्रधानमन्त्री प्रचण्डसहित नेपाली अधिकारीहरू असमन्जसमा परेका थिए ।

पौष १९ गते बिहानै भारतीय वायु सेनाको चार्टर्ड विमान लिएर विदेशमन्त्री जयशङ्कर नेपाल आइपुगेका थिए भने दिउँसो चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमणका लागि नेपाल आउँदै थियो । आफू आएकै बेला पारेर चिनियाँ प्रतिनिधिमण्डललाई नेपाल बोलाएकोमा जय शङ्करले आपत्ति जनाएका थिए ।

चिनियाँ टोलीको भ्रमण रद्द गर्नुपर्ने शर्त राख्दै त्यसो नभएमा कुनैपनि बैठकमा नबस्ने चेतावनी जयशङ्करले दिएपछि नेपाली पक्षमा निकै ठूलो छटपटी पैदा भएको थियो । अन्ततः नेपाली पक्षले माफी माग्दै जयशङ्कर नेपालमा रहदासम्म चिनियाँ टोलिसँग कुनै औपचारिक वार्तालाप नगर्ने वाचाबन्धन गरेपछि मात्र जयशङ्करको रिस शान्त भएको बुझिएको छ ।

उन्नाइस गते आएर २० गते बिहान स्वदेश फर्कनुअघि जयशङ्करले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न तहका नेताहरूसँग विशेष भेटवार्ता गरेका थिए । आगमन भएकै दिन बिहान शितल निवास पुगी राष्ट्रपति रामचन्द्र पौडेलसँग जयशङ्करले आधि घण्टा भन्दा बढी समय बिताएका थिए । त्यसपछि प्रधनमन्त्री र सम्बद्ध मन्त्रीहरूसँग उनले भेटेका थिए । दिउँसो संयुक्त आयोगको सातौँ बैठकमा सहभागी भएका जयशङ्करलाई भेट्न पूर्व प्रधानमन्त्रीहरू लामबद्ध भएर बेलुका द्वारिका होटल पुगेका थिए ।

विदेशमन्त्री जयशङ्करको सम्मानमा दिएको रात्रीभोजमा एक सयभन्दा बढी नेता तथा उच्चाधिकारीहरूको सहभागिता थियो । नेपालमा चौबिस घन्टा बिताएर विदेशमन्त्री जयशङ्कर २० गते बिहान स्वदेश फर्किएका थिए । यस अवधिमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी सावद, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपाल तथा नेताहरू कृष्ण पौडेल, राजेन्द्र पाण्डे, राजन भट्टराई, जगन्नाथ खतिवडा, महन्थ ठाकुर, उपेन्द्र यादव, सीके राहुत लगायतसँग भेट गर्नुका साथै तस्बिर समेत खिचाएका थिए । घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार