श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कांग्रेसमा अर्थहीन किचलो

कांग्रेसमा सभापति देउवा र शेखर कोइरालाको नेतृत्वमा मुख्य दुई गुट देखिए पनि संस्थापन इतर पक्षमा भित्री रूपमा उपगुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसद्को ठूलो एवं सत्ताको प्रमुख हिस्सेदार नेपाली कांग्रेसभित्रको किचलो कुनै नयाँ र आश्चर्यजनक होइन ।

बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर हुँदै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्म आइपुग्दा किचलो पनि सँगसँगै आइरहेको छ ।

पहिले–पहिले एउटै दलभित्र प्रतिशतका आधारमा भागबन्डा गरिएको नदेखिए पनि पछिल्लो समय एउटै पार्टीभित्र गुटगत भागबन्डालाई प्रतिशतका आधारमा व्यवस्थापन गरिएको देखिन्छ । पार्टीभित्र गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको नेतृत्वमा गुट मौलाएपछि पार्टी विभाजन भएको थियो । उनीहरूको पुनर्मिलनसमेत भइसकेपछि संस्थापनलाई ६० र संस्थापनइतर पक्षलाई ४० प्रतिशतका आधारमा व्यवस्थापन गर्न थालियो ।

यो व्यवस्था सुशील कोइराला पार्टी नेतृत्वमा आउँदा पनि यथावत् रह्यो । त्यति बेला पार्टीभित्र प्रतिपक्षमा देउवा थिए । कोइरालापछि देउवा नै नेतृत्वमा आए । उनको प्रतिपक्षी रामचन्द्र पौडेल बन्न पुगे । पार्टीभित्रका वा अन्य विभिन्न स्थानमा पनि संस्थापन पक्षलाई ६० र इतर पक्षलाई ४० प्रतिशतका आधारमा पदीय व्यवस्थापन गरियो ।

चौधौं महाधिवेशनपछि कांग्रेसमा सभापति देउवा र शेखर कोइरालाको नेतृत्वमा मुख्य दुई गुट देखिए पनि संस्थापन इतर पक्षमा भित्री रूपमा उपगुट पनि देखिएका छन् । चौधौं महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर र सोही महाधिवेशनमा अत्यधिक मतले महामन्त्रीमा निर्वाचित भएका नेता गगन थापाबीच नै बेलाबेला मतभेद देखिन्छ ।

कांग्रेसभित्र आजसम्म जति नेता नेतृत्वमा आए ती कुनैले पनि पार्टीलाई गुटरहित र एकढिक्का बनाएर चलाउन सकिएको देखिएन । इतर पक्षको नामले चिनिएकाले पनि केवल पदकै लागि बार्गेनिङबाहेक अरू केही गरेको देखिएन । यसअघि संस्थापन र इतर पक्षको नेतृत्व गर्ने पुस्ता एउटै भए पनि यस पटक देउवाको प्रतिद्वन्द्वीका रूपमा महामन्त्री थापालाई दास्रो पुस्ताका रूपमा हेर्ने गरिएको छ ।

इतर पक्षको नेतृत्वमा शेखर कोइराला देखिए पनि महाधिवेशनमा पाएको मतभारलाई हेर्दा थापा नै इतर पक्षको मुख्य मानिन्छन् । पार्टीभित्र संस्थापनको विपक्षमा जो उभिए पनि देउवाको अगाडि उनीहरूको केही सीप चल्ने देखिँदैन । नबोली नबोली प्रस्तुत हुने देउवाले आफ्नो गुटलाई एकीकृत मात्रै पारेका छैनन्, आफ्नो हठ नछाड्ने र बोलेको कुरा पुर्‍याएरै छोड्नेसमेत गरेका छन् । विरोध गर्नेको विरोधलाई अर्थहीन किचलो भन्दा खासै फरक पर्ने देखिँदैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार