असार २५, २०८२ बुधबार July 9, 2025

वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री

वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा प्रमको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्यक्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’सँग चिकित्साविज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो ।

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनुभएन ।”

वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउनुहुँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार