श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

म्यानपावर कम्पनीलाई ३ लाख रुपैयाँभन्दा बढी पैसा तिरेर आएपनि कम्पनीले अन्यत्रै काम लगाउने धम्कीपछी बिचल्ली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ ।

काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज मर्ज)मार्फत मलेसिया पुगेका सयभन्दा बढी नेपाली श्रमिकलाई काम गरे पनि ‘टार्गेट’ नपुगेको भन्दै पुरै तलब नदिने र दिए पनि तलब काटेर दिने गरेको उनीहरूले बताएका छन् ।

कम्पनीमा मरिमरी काम गर्दा पनि टार्गेट पुगेन भनेर तलबबाट पैसा काटिदिने, थर्काउने, धम्क्याउने, कुट्नेपिट्ने गरेका कारण आफूहरू धेरै समस्यामा परेको प्रेमसिंह महराले जानकारी दिए ।

‘कम्पनीको समस्या एकदम गाह्रो छ, टार्गेट पुगेन भनेर हरेक महिना तलब काट्ने गरेको छ,’ प्रेमले राजधानीसँग भने, ‘कम्पनीले हामीहरूको कुरा पनि सुन्दैन, टार्गेट पूरा भएन भने कुट्नेपिट्ने मात्र गर्छ, धेरैपटक यहाँस्थित नेपाली दूतावास गयौं, कुनै पनि समस्याको सुनवाइ भएको छैन ।’

दूतावासले कम्पनीका प्रतिनिधि बोलाएर छलफल गरेको भए पनि निकास निस्कन सकेको छैन ।

‘कम्पनीले दूतावास किन गएको ? केही समस्या छ भने कम्पनीमै भन्नु भनेर उल्टै थर्काउने काम गरेको छ,’ उनीहरूले भने, ‘बरु कम्पनीले कम्पनीविरुद्ध बोल्ने केही साथीहरूलाई बोलाएर डिपोर्ट गर्ने तयारी गरेपछि हामीहरूले नेपाल पठाउने भए सबैलाई पठाउन भनेका छौं ।’

म्यानपावर कम्पनीलाई ३ लाख रुपैयाँभन्दा बढी पैसा तिरेर यहाँ आएको उनीहरूले बताएका छन् ।

त्यस कम्पनीमा कार्यरत सुशीला भुजेलले भनिन्, ‘समस्या लिएर हामीहरू दूतावास गएका हौं, दूतावासले शुक्रबारसम्म कम्पनीको प्रतिनिधि बोलाएर समस्या समाधान गर्छौं भनेको थियो तर शनिबार कम्पनीले हामीहरूको माग पूरा गर्नु त परै जाओस्, गभर्मेन्टबाट आएको पेपर भन्दै जबर्जस्ती हस्ताक्षर गर्न दबाब दियो, हस्ताक्षर नगरे रिजेक्ट गर्न भन्यो, हामीहरूले त्यो पेपर रिजेक्ट ग¥यौं, त्यसपछि कम्पनीले झन् नराम्रो व्यवहार ग¥यो ।’

उनले सोमबार मात्र सात जनालाई कम्पनीको भ्यान बोलाएर अन्यत्रै लैजान लागेको जानकारी दिइन् । आफूहरूले सो कुरा थाहा पाएपछि सबै एकजुट भएका कारण कतै लैजान नसकेको उनको भनाइ थियो ।

अर्का पीडित रतन तिरुवाले आफूहरू काम गर्ने पीटी कम्पनीमा ७३ जना केटाहरू र ४० जना नेपाली महिला रहेको बताए ।

उनले भने, ‘हामी धेरै पीडित छौं, एक–दुईपटक दूतावास धाउँदा पनि समस्या हल भएन, अहिले कम्पनीले पनि धेरै पेलेको छ, हामीले १४ घण्टा काम गरे पनि त्यसबापतको तलब दिँदैन, टार्गेट पुगेन भनेर बेसिक तलब पनि काट्छ, केही बोल्ने साथीहरूलाई जबर्जस्ती राजीनामा गर्न लगाएर नेपाल पठाउने धम्की दिएको छ, अब हामीले के गर्ने ? दूतावासले पनि केही हेर्दैन ।’

१३–१४ घण्टा काम गर्दा पनि ‘टार्गेट’ पुगेन भनेर तलब मात्र काट्ने गरेको भन्दै तत्काल आफूहरूको समस्या समाधान गरिदिन त्यहाँ रहेको नेपाली दूतावास, विभिन्न क्रियाशील संघसस्थाहरूसँग पनि अनुरोध गरिएको अर्का पीडित लक्ष्मण तामाङले बताए । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार