श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

बैंकहरुको खराब कर्जा चार प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बैंकहरूको खराब कर्जाको मात्रा बढेर झण्डै चार प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी पछिल्लो दुई आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनात्मक अध्ययन गर्दा खराब कर्जा बढेको देखिएको छ ।

यस आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा तीन दशमलव ६६ प्रतिशत कायम भएको छ ।

जुन गत आर्थिक वर्ष २०७९÷८०को तुलनामा झण्डै दोब्बर बढी हो । गतवर्ष मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा एक दशमलव ९७ प्रतिशत थियो ।

मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आर्थिक वर्षको मंसिरसम्म ५२ खर्ब ४९ अर्ब १७ करोड ६० लाख रूपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब ९० अर्ब आठ करोड १० लाख रूपैयाँ ऋण लगानी गरेका थिए ।

एक वर्षमा बैंकहरूको निक्षेप सात खर्ब ६९ अर्ब र कर्जा दुई खर्ब दुई अर्ब रूपैयाँले बढेको छ । खराब कर्जाको आँकडा उच्च दरले बढ्दै जाँदा वित्तीय संस्थाहरू ऋण प्रवाहमा चुजी बन्दा कर्जा विस्तार न्यून देखिन्छ ।

करिब दुई वर्षअघिदेखि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय संस्थाहरूको खराब कर्जा बढेको हो ।

अहिले अर्थतन्त्रमा सुधार देखिएकोे भए पनि तत्काल बैंकहरूको खराब कर्जाको अवस्थामा सुधार आउने सम्भावना भने देखिँदैन ।

यद्यपि मौद्रिक नीतिको समीक्षामार्फत दिइएका कतिपय सुविधाले यस्तो अवस्थामा सुधार आउन सक्ने अपेक्षा राष्ट्र बैंकका अधिकारीहरूको छ ।

गतवर्ष राष्ट्र बैंकले अर्थतन्त्रमा परेको बाह्य दबाब नियन्त्रण गर्न विलासी वस्तुको आयात रोक्ने र ब्याजदर बढाउने नीति लिएका कारण अर्थतन्त्र प्रभावित भएकोे थियो

। त्यसपछि बजारमा कारोबारमा सिथिलता आएको थियो भने ऋणीले कर्जा चुक्ता गर्न सकेका थिएनन् । कालोसूचीमा पर्ने ऋणीको संख्या पनि उच्चदरमा बढेको छ ।

यसवर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत तीन दशमलव ६१ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ७८ प्रतिशत विन्दुले बढी हो ।

गत आर्थिक वर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरूको खराब कर्जा एक दशमलव ८३ प्रतिशत थियो ।

वाणिज्य बैंकहरूले यसवर्ष मंसिरसम्म ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा ४६ खर्ब २३ अर्ब ५७ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३९ अर्ब १९ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूको खराब कर्जाको दर वाणिज्य बैंकहरूको भन्दा केही कम छ । मंंसिर मसान्तसम्म विकास बैंकहरूको खराब कर्जा तीन दशमलव १९ प्रतिशत छ ।

जुन गत आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा शून्य दशमलव ८७ प्रतिशत विन्दुले बढी हो । गतवर्ष मंसिरमा विकास बैंकहरूको खराब कर्जा दुई दशमलव ३२ प्रतिशत थियो ।

विकास बैंकहरूले गत मंसिरसम्म पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत वर्ष मंसिरमा कुल निक्षेप पाँच खर्ब १९ अर्ब ५४ करोड १० लाख रूपैयाँ र कर्जा प्रवाह चार खर्ब ५८ अर्ब ९१ करोड २० लाख रूपैयाँ थियो । फाइनान्स कम्पनीहरूको खराब कर्जाको दर उच्च छ ।

यस वर्ष मंसिर मसान्तमा फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा आठ दशमलव ३७ प्रतिशत छ । जुन गत आर्थिक वर्षको तुलनामा एक दशमलव ३८ प्रतिशत विन्दुले बढी हो ।

गतवर्ष मंसिरमा फाइनान्स कम्पनीहरूको खराब कर्जा छ दशमलव ९९ प्रतिशत थियो ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गतवर्ष सोही अवधिमा एक खर्ब छ अर्ब छ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९७ करोड ५० लाख रूपैयाँ कर्जा प्र्रवाह गरेका थिए । आर्थिक दैनिकबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार