श्रावण ८, २०८२ बिहिबार July 24, 2025

छामछुमकै भरमा ‘सवारी पास’

निजी सवारीसाधनको वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनको छ महिनामा एक पटक परीक्षण गर्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो ।

उनले भने “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ ।” यातायात मन्त्रालय अन्तर्गतकै सवारी परीक्षण कार्यालय टेकु, इटहरी, हेटौँडा, बुटवल र कैलालीको अत्तरिया गरी पाँच स्थानमा मात्रै छन् । जनशक्ति र प्राविधिक जनशक्तिको अभावका कारण हरेक कार्यालयमा १५० देखि दुई सय वटा सवारीसाधनको मात्रै परीक्षण हुन्छ ।

सवारी परीक्षण कार्यालयले निजी सवारीसाधनको वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनको छ महिनामा एक पटक परीक्षण गर्ने गरेको छ । उक्त कार्यालयले यातायात व्यवस्थापनसम्बन्धी नीति, नियम र मापदण्ड बनाउने, अन्तरप्रदेशीय यातायातको रुट इजाजत दिने, लामो रुटको गाडीको स्तर कायम गर्ने, इम्बोस्ड नम्बर जोड्ने र प्रदूषण जाँच गर्दै आएको छ ।

इन्जिनियर भुसालका अनुसार भेहिकल फिटनेस टेस्ट लेनबाट सवारीसाधनको ब्रेक, सस्पेन्सन, साइड स्लिप परीक्षण गरिन्छ । उनले भने, “भेहिकल फिटनेस टेस्ट लेनले सवारीको सम्पूर्ण अवस्थाको वैज्ञानिक विधिबाट परीक्षण गर्छ । स्टेयरिङ बाङ्गो छ कि सिधा छ भन्नेदेखि सम्पूर्ण कुरा परीक्षण हुन्छ तर नेपालमा मेसिनबाट परीक्षण गरिँदैन ।”

उनले नेपालमा अहिलेसम्म हातैले छामछुम पारेर परीक्षण भइरहेको र यसो गर्दा ८० प्रतिशत सवारीसाधनको मेसिनको अवस्था थाहा नहुने भएकाले दुर्घटनामा पर्ने खतरा हुने बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी परीक्षण केन्द्र सीमित हुँदा सवारीसाधनको अवस्थाबारे परीक्षण गर्न समस्या भइरहेको बताए । उनले अहिले भएका सवारी परीक्षण केन्द्रलाई व्यवस्थित गर्ने र सडक सुरक्षाका सन्दर्भमा बन्ने कानुनबाट व्यवस्थित गरिने बताए । सिनियर डिभिजनल इन्जिनियर भुसालले भेहिकल फिटनेस टेस्ट लेनको प्रयोग अनिवार्य हुनुपर्ने भए पनि नेपालमा कार्यविधि र ऐन नहुँदा प्रयोगविहीन भएको बताए । -आजको गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार