श्रावण ७, २०८२ बुधबार July 23, 2025

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन।

नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको हो ।

नोटमा हुने कीटाणु र परजीवीले छालामा हुने सालमोनेला (टाइफाइड), झाडा-पखाला, मूत्रनलीको सङ्क्रमण, फ्लु भाइरस ( रुघाखोकी) सार्ने गरेको पाइएको परिषद्ले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको एक अनुसन्धानले मुद्राका ९८ प्रतिशत नमुनामा कीटाणु भएको देखाएको थियो ।

अस्पताल तथा मासु पसलमा प्रयोग गरिएका मुद्रामा अझ धेरै प्रकारका कीटाणुका र औषधि प्रतिरोधी जीवाणु फेला परेको परिषद्को अध्ययनले देखाएको छ । नागरिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार