असार २५, २०८२ बुधबार July 9, 2025

स्थानीय सरकारको प्रतिष्ठा बढाउन लाग्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्थानीय सरकारको प्रतिष्ठा बढाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।  बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै त्यस्तो गर्न नहुने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले बढाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठहरू ल्याउने र मनपरी रूपमा निमित्त राख्ने प्रवृत्ति बढेको गुनासो छ । स्थानीय सरकारमा आफूले भनेको मान्ने, आफ्ना नाजायज काममा पनि समर्थन गर्ने कार्यकारी होइन, स्थानीय सरकारको प्रतिष्ठा बढाउने कर्मचारी खोज्नुस् ।”

स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्ने बताए । उनले भने, “तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवाप्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।”

जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ सजग गराउनुभयो । उनले भने, “जनतालाई सरल रूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिनुस् ।”

मधेशका स्थानीय तहहरूमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “राज्यको प्रचलित नीति र कानुनअनुसार प्रक्रिया पुर्‍याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार