श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुन तस्करी प्रकरण : उच्च पदस्थमाथि अनुसन्धान बढाउँदै आयोग

३२ प्रतिवादी र सीआईबीले छाडेका १३ सँग बयान, ३० जनासँग परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उच्च पदस्थमाथि सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।

आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य, जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपाने, अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाललगायत माथि सोधपुछ गरेको हो।

त्यसै गरी सुन तस्करी प्रकरणमा थुनामा रहेका, तारेखमा छुटेका र सीआईबीले अनुसन्धान छाडेका व्यक्तिसमेतलाई बयान लिएको छ। ब्रेक सु र भेप प्रकरणमा संलग्न भई थुनामा रहेका, तारेखमा छुटेका र सङ्कास्पद व्यक्तिमाथि धमाधम बयान लिइरहेको आयोगले जनाएको छ।

हालसम्म थुनामा रहेका ३२ प्रतिवादी र सीआईबीले छाडेका १३ संकास्पद व्यक्तिसँग बयान लिएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो। त्यस्तै, विभिन्न निकायका ३० जनासँग पराशर्म तथा सोधपुछ गरेको उहाँको भनाइ छ।

यसै हप्तामा संसद्को राज्य व्यवस्था तथा सुशासन र अर्थ समितका सभापति, कांग्रेस, एमाले, माओवादी, जसपाका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत पराशर्म गरेको आचार्यको भनाइ छ।

यसका साथै भन्सार कार्यालयसँग आयोगले सुन तस्करीमा संलग्न बाबुराम दोङ, चन्द्र घलेलगायतको अनुसन्धान प्रतिवेदनसमेत मागेर अध्यायन गर्दै गरेको जनाएको छ।

सोमबार सीआईबीकी प्रमुख बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका थिए।

६१ किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डीएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले यसअघि नै सोधपुछ गरेका थिए। तर, अनुसन्धान अधिकृतहरूले अनुसन्धानमा उठेका प्रश्नहरूको जवाफ दिन नसकेपछि एआईजीमाथि नै सोधपुछ गरिएको आयोगको भनाइ छ।

‘६१ किलो सुन र भेपमार्फत् गरेको सुन तस्करीबारे अनुसन्धानमा देखिएको कमजोरीको सम्बन्धमा एआईजी बज्राचार्यसँग सोधपुछ गरिएको हो’, आयोगका अध्यक्ष आचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अनुसन्धान अधिकृतहरूले जवाफ नदिएपछि एआईजी बज्राचार्यलाई बोलाएर सोधपुछ गरेका हौं।

त्यसबाहेक अनुसन्धान र अभियोजनकर्ताहरू, तत्कालीन भन्सार प्रमुख, चारवटा सुनचाँदी व्यवसायसँग सम्बन्धित १८ जना व्यवसायीहरूसँग समेत छलफल गरेका छौं।’

ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुनमा जोडिएका जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले उन्मुक्ति दिएको आरोप छ।

चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनलाई (इन्टरपोल) पत्राचार गरिएको छ। तर, अनुसन्धानको बेलामा सीआईबीमा बोलाएर चलाउनेलाई एआईजी बज्राचार्यले थुनामा नराख्न र प्रतिवादी कायम नगर्न निर्देशन दिनुभएको थियो।

सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा चलाउनेलाई प्रतिवादी कायम गरेको छ । तर, सीआईबीले उनलाई प्रतिवादी बनाएको थिएन । आयोगका पदाधिकारीले एआईजी बज्राचार्यसँग त्यसबारे प्रश्न गरेका छन्।

आयोगले यसअघि अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि बयान लिएको थियो।

सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत हुनुहुन्छ । ६१ किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।

सुन तस्करीमा संकास्पद व्यक्ति र नेपाली तथा चिनियाँ लगानीकर्ता (व्यापारी) हरूसँगको कनेक्सन पत्ता लगाउन डिजिटल सस्क्राइबरको समेत काम अघि बढाइएको आयोगले जनाएको छ।

तस्करले ब्रेक सु मा लुकाएर गत साउन २ गते ६१ किलो ७ सय ग्राम सुन हङकङबाट र गत वर्ष इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ११ किलो सुन नेपाल भित्र्याएका थिए।

सोही प्रकरणलाई लक्षित गरेर मन्त्रिपरिषद्ले गत असोज १५ मा आयोग गठन गरेको थियो । आयोगलाई थपेको समयमध्ये अब एक महिनामात्रै बाँकी रहेकाले सो समयभित्र प्रतिवेदन बुझाउने गरी आयोगले काम गरिरहेको बताएको छ। नेपाल समचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार