कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य प्रतितोला तीन सय रूपैयाले घट्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार उक्त सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्यमा यथावत रहि प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भईरहेको महासंघले ज नाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया